मेरो उम्मेदवारी केमा भन्ने टुंगो लागेको छैन : थापा

Ram Bahadur thapa Badal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीको १० औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन्।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताए। उनले भने, ‘१०औँ महाधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्छ। यो सम्भव छ।’

उनले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताए। उनले आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषय टुंगो नलागेको समेत बताए। उनले भने, ‘मेरो उम्मेदवारी के मा भन्ने टुंगो लागेको छैन। छलफलबाट निष्कर्ष निकाल्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्