बाजुरामा महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

pic
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ९मंसिर। आज बिहीबार महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस सुरु भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने कार्यक्रम अन्तर्गत बाजुरामा पनि दिवसको भब्य रुपमा शुरु गरिएको छ।

बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको न्युनिरण गर्न सो दिवस मनाइने गरिन्छ। हिंसा न्युनिकरण तथा सचेतना फैलाउने उद्देश्यका साथ बाजुरामा पनि दिवस मनाइने भएकाले महिला हिंसा बिरुद्ध अभियान कार्यक्रम तथा नारा सहिर्त याली प्रदशन गरेको हो।

७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो।

त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँने भएकाले बाजुरामा पनि जिल्ला प्रहरी कार्यायको अगुवाइमा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गैरसरकारी कार्यालयका कर्मचारी ,शिक्षक, बिद्यार्थी,निजामति कर्मचारी, सञ्चार कर्मि ,र अन्य संघ संस्था लगाएत बाट ५सय बढी नागरिकहरुको उपस्थितिमा बजार परिक्रमा सहित कोण सभा गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्।

त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ। २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाइने गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्