विजय गच्छदारको क्षेत्रमा कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

Congress_Mahadhiveshan
लोकपाटी न्यूज

काठमाडौं। सुनसरी-३ को कांग्रेस अधिवेशन स्थगित गरिएको छ। बिहीबार बिहान ९ बजेदेखि तय गरिएको अधिवेशन अनिश्चितकालिन स्थगित गरिएको छ।

मतदान सुरु हुनु अघि मुचुल्का र अन्य कार्यका लागि उम्मेदवार र केही प्रतिनिधि अनुपस्थित भएकाले अधिवेशन स्थगित गरिएको मतदान अधिकृत देवनारायण यादवले जानकारी दिए। कुन उम्मेदवार अनुपस्थित रहेको बारे मतदान अधिकृतले खुलाएका छैनन्। सुनसरी-३ उपसभापति विजयकुमार गच्छदार निर्वाचन लडेको क्षेत्रसमेत हो।

‘नेपाली कांग्रेस प्रतिनिधिन सभा क्षेत्रीय अधिवेशन २०७८ को सुनसरी जिल्ला क्षेत्र नम्बर ३ को निर्वाचन कार्यक्रमअनुसार २०७८ मंसिर ९ गते बिहीबारका दिन बिहान ९ बजेदेखि दिनको १ बजेसम्म मतदान हुने कार्यक्रम भएकोमा मतदान कार्य सुरु गर्नुअघि मुचुल्का गर्न तथा अन्य कार्यको लागि उम्मेदवार वा प्रतिनिधिहरु केही अनुपस्थित रहनु भएको र मतदान कार्य सूचारु गर्न कठिनाइ भएकोले अर्को सूचना प्रकाशित नभएसम्म मतदान कार्यलगायत यस क्षेत्रको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको व्यहोरा जानकारीको लागि सूचित गरिन्छ’ मतदान अधिकृत देवनारायण यादवले जारी गरेको सूचनामा भनिएको छ।’

congress-sunsari-