सामाजिक संजालप्रति बढ्दाे आकर्षण : कसरी गर्ने सदुपयाेग ?

लोकपाटी न्यूज

सुबाेध डाेटेल/काठमाडाैं। अहिले हामी एक्काइसौं शताब्दीमा चलिरहेका छौं । याे विज्ञान र प्रविधिकाे शताब्दीकाे। आजभाेलि सामाजिक सञ्जालप्रति मानिसहरुकाे आकर्षण बढ्दाे छ। बच्चादेखि बुढासम्म, जसकाे पनि निकै सक्रियता देखिन्छ सामाजिक सञ्जालमा ।

प्रविधिसँग परिचित हुनु एकदम राम्रो कुरा हो । फेसबुक, युट्युबले विश्वका मानिसलाई एकापसमा चिनाउने तथा नजिक बनाउनुका साथै समाजमा रहेका विभिन्न विकृति विसङ्गतिप्रति सम्पूर्ण नागरिकहरूलाई सचेत बनाउने कार्य पनि गरेको छ। अहिले को समयमा बालबालिकालाइ सानै उमेरदेखि नै ल्यापटप , आइ-प्याट , मोबाइल जस्ता सामाग्री दिने गरिन्छ । तर हामी यस्लाई  सही ढङ्गले सदुपयोग गराउन भने कहिलै पनि ध्यान दिँदैनौं ।

हामी बच्चाहरुको लागि अनलाइन गेम डाउनलोड गर्दिन्छौं, कार्टुन डाउनलोड गर्दिन्छौं। तर यसलाई सही ढङ्गले सदुपयोग गर्न आफ्ना बालबालिकालाई कहिलै पनि सिकाउँदैनौं। हामीले सामाजिक संजालबाट नि धेरै कुरा जान्न र सिक्न सक्छौं। कयौं समाचार, कयौं ज्ञानगुनका कुरा, साहित्यिक कुरा, इतिहासका कुरा, कयौं महान् व्यक्तिका जिवनी पढेर प्रेरणा लिन पनि सक्छौं। र, त्यहाँ हामीले रचना गरेका लेख , कविता , कथा , चुड्किला जस्ता कुरा पस्किएर सुझाव  लिन पनि सक्छौं। यद्यपि, आजभाेलि मानिसहरुले आफ्नो समय टिकटक र अन्य कुरामा बढी खर्चने गरेका छन्।

तर मानिसहरुले विद्यमानमा सामाजिक सञ्जालकाे सदुपयाेगमा भन्दा बढी दुरुपयोग गरिरहेका छ्न । जसकाे असर साना बालबालिकालाई समेत परिरहेको छ । सामाजिक संजालमा अनैतिक तरिकाले प्रस्तुत हुने, तथानाम गाली गर्ने, जीवित मानिसलाई हार्दिक श्रद्धाञ्जली भन्दै पोस्ट गर्ने, कुकुरको फोटोमा मानिसको टाउको लगेर जोडिदिने जस्ता हर्कत भइरहेको हामी देख्न सक्छौं।

यस्ता हर्कतलाई त्याग्दै सामाजिक सञ्जालकाे सदुपयाेगमा ध्यान दिन आवश्यक देखिन्छ । समय क्रममा हुने प्रविधिको विकाससँगै यस्तो अवास्तविक सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुँदै जान सक्छ। यसलाई न्यूनीकरण गर्न सर्वप्रथम विद्यालय शिक्षाका बालबालिकालाई नैतिक शिक्षा, सामाजिक मर्यादा र कर्तव्यका साथै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी ज्ञान दिनु आवश्यक हुन्छ। अभिभावकले आफ्ना बालबालिकाको बोलीचाली, आनीबानी अनि सामाजिक सञ्जाल प्रयोगको गतिविधि निरन्तर निगरानी गर्नु जरुरी छ। कसैको अश्लील तस्बिर हाल्ने, कसैको व्यक्तिगत जीवनमा असर पर्ने कमेन्ट गर्ने जस्ता अनैतिक कार्यका विरुद्ध थप जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने देखिन्छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्