केपी ओली र भीम रावल आन्तरिक छलफलमा

लोकपाटी न्यूज

चितवन। नेकपा (एमाले)  को पदाधिकारी भागबन्डाको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्र नै रस्साकस्सी देखिएको छ। अहिले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन्।

त्यस्तै भीम रावल पक्ष पनि आन्तरिक छलफलमा रहेको छ। ओली पक्ष सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा रहेको छ। रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन्।

रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। बिहान ८ः३० देखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको थियो। अहिले केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन्। अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन्।

शनिबार बिहान १० बजेदेखि बन्द सत्र सुरु गर्ने भनिए पनि अझैसम्म सुरु हुन सकेको छैन।सर्वसम्मतकै लागि कार्यसमिति सदस्यको संख्या बढाइएको छ

हिजोदेखि शुरु भएको महाधिवेशनमा बन्द सत्र शुरु भएपछि उक्त सत्रमा विदेशी पाहुनाहरुले सम्वोधन गर्ने कार्यक्रम छ। महाधिवेशन भोलिसम्म चल्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्