एक भोट आए पनि अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। एमाले उपाध्यक्ष भीम रावलले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा एक भोट आए पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै रावलले अब पछि हट्ने अवस्था नरहेको बताएका हुन्।उम्मेदवारी दिने घोषणा गरेका नेता रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताए।

होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुनेछ। पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्