एमालेलाई महाधिवेशनको चटारो, भीम आचार्य आइसोलेसनमा

bhim_acharya
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पार्टीको दसौं महाधिवेशनमा नेतृत्वका लागि छलफल र दौडधुपमा लाग्नुपर्ने बेलामा आचार्य कोरोना संक्रमित बनेर आइसोलेसनमा रहन बाध्य भएका छन्। आइसोलेसनमा रहँदा उनी फोनबाटै छलफल गरिरहेका छन्।

महाधिवेशन थलो सौराहास्थित सेभेन स्टार होटलमै उनी आइसोलेसनमा बसेका छन्। ज्वरो आएपछि उनको कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो। ‘काठमाडौंमा छँदै हल्का ज्वरो आएको थियो,’ आचार्यका स्वकीय सचिव अनिल राजधामीले भने, ‘चितवन आएर ९ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजिटिभ आयो। अहिले उहाँ होटलमै आइसोलेसनमा हुनुहुन्छ।’

आचार्यको अवस्था सामान्य रहेको र उनी चिकित्सककै निगरानीमा रहेको जनाइएको छ। ‘अहिले ज्वरो घटेको छ, एन्टिबायोटिक सुरू गरिएको छ,’ राजधामीले भने ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ।’ पार्टी पदाधिकारी कम्तीमा सचिव वा सोभन्दा माथि नै जान रहर गरेका आचार्यले खुला रूपमा अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका भने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्