नेकपा एमालेको बन्द सत्र सुरु

mahadibesan uml
लोकपाटी न्यूज

चितवन। नेकपा एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ। बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिला गरी सुरू भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली सौराहास्थित बन्द सत्र हुने हलमा पुगेका छन्। प्रतिनिधिहरू बन्द सत्रको लागि लाइन लागेर बसेका छन्।

बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्।

एमाले केन्द्रीय कमिटीको शुक्रबार साँझ बसेको बैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको छ। हिजोदेखि सुरु भएको महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्