प्रतिनिधिसभा विघटनसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने ओलीको षड्यन्त्र थियो : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको बताएका छन्। शनिबार माओवादी केन्द्रको पालिका सम्मेलन उद्घाटनको भर्चुअल कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा पुनसंगठित गर्ने र देशव्यापी अभियान चलाउने बताए। समाजवादी क्रान्ति गर्नलायक पार्टीको रुपमा विकसित गर्ने संकल्प गर्नुपर्ने प्रचण्डको भनाई थियो।

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउन सकिन्छ भनेर आम जनतालाई विश्वास दिलाउन कार्यकर्तालाई निर्देशन दिए।

पार्टीमा एक किसिमको अन्योल, निरासा देखिएपनि पार्टी विभाजनको अप्राकृतिक षड्यन्त्रसहित अहिले नयाँ ठाउँमा आएको प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले दुई पटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताए।

ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि विदेशी शक्तिका साथै मुलुकका संवैधानिक निकायहरूको दुरुपयोग गरेको प्रचण्डको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्