पिकेट्टीको ‘क्यापिटल एण्ड आइडियोलोजी’ पुस्तकमा के छ ?

Capital and Ideology book
लोकपाटी न्यूज

पुँजी र विचारधारा (Capital and Ideology) पुस्तकका लेखक थोमस पिकेट्टी हुन्। पुस्तक राजनीतिक अर्थशास्त्र, आर्थिक इतिहास, आर्थिक असमानता, समाजशास्त्र लगायतका विषयमा केन्द्रित छ । १२ सेप्टेम्बर २०१९ मा लेखिएको यस पुस्तक २०२० मार्चमा अंग्रेजीमा अनुवाद भएको थियो । ११५० पृष्ठ लामो पुस्तक नेपाली बजारमा आइसकेको छैन।

‘क्यापिटल एन्ड आइडियोलोजी’ पुस्तक फ्रान्सेली अर्थशास्त्री थोमस पिकेट्टीद्वारा लिखित एक चर्चित पुस्तक हो। ‘क्यापिटल एन्ड आइडियोलोजी’ले पिकेट्टीको सन् २०१३ को आफ्नै पुस्तक ‘क्यापिटल इन द ट्वेन्टी फस्र्ट सेञ्चुरी’लाई पछ्याउँछ, जुन पुस्तक युरोप र संयुक्त राज्यमा सम्पत्ति र आयको असमानता केन्द्रित छ।

पुस्तकमा पिकेट्टीले सम्भावित साधनहरू पुनःवितरण गर्ने सम्भावित माध्यमहरूको रूपरेखा बनाएका छन् र असमानताका कारणहरूको ऐतिहासिक र समकालीन औचित्यहरू खोज्छन्। पल क्रुगम्यानले पुस्तकको बारेमा लेखेका छन् कि माक्र्सवादी सिद्धान्तमा एउटा समाजको वर्ग संरचना अवैयक्तिक शक्तिहरू, प्रविधि र प्रविधिले निर्धारण गर्ने उत्पादनका मोडहरूद्वारा निर्धारण गरिन्छ।

तर, पिकेट्टीले सामाजिक समानतालाई मानव संस्थाहरूद्वारा सञ्चालित सामाजिक घटनाको रूपमा हेर्छन्। संस्थागत परिवर्तनले समाजमा प्रभुत्व जमाउने विचारधारालाई प्रतिबिम्बित गर्दछ। असमानता न आर्थिक हो न प्राविधिक यो त वैचारिक र राजनीतिक हो। पुस्तकमा प्रस्तावित सम्पत्तिको पुनः वितरण गर्ने विधिहरूमा ‘‘सबैका लागि उत्तराधिकार” समावेश छ, जसअनुसार २५ वर्षको उमेरमा उनीहरूको देशद्वारा नागरिकहरूलाई केही रकम वितरण गरिन्थ्यो।

पूँजी र विचारधाराका चार मुख्य भागहरू छन्, जसले, विशेष गरी यूरो—अमेरिकी, पोस्ट—सोभियत, चिनियाँ, भारतीय र अन्य समाजहरूका समस्याहरू, सम्पत्ति र असमानतामा केन्द्रित भएर आधुनिक विचारधाराको विकासलाई वर्णन गर्दछ। पिकेट्टी तर्क गर्छन् कि असमानताको विचारधाराको रक्षा गर्नको लागि यहाँ एउटा चक्रीय प्रवृत्ति छ र विचारधाराका लागि असमानता। यसरी विचारधाराले ”विरोधाभासपूर्ण डिस्कोर्स” समावेश गर्दछ, जसले प्रभावी आख्यान सिर्जना गर्दछ। यी आख्यानहरू नियम बन्दछन्। नियमहरूले असमानतालाई बलियो बनाउँछ, र असमानताले थप विचारधारा उत्पन्न गर्छन्। त्यसपछि हामीले एउटा नयाँ समावेशी समाजवाद सिर्जना गर्नुपर्छ, जसले अर्थतन्त्रमा, विशेष गरी काममा, निष्पक्ष कर प्रणाली सिर्जना गर्ने र निष्पक्ष व्यापारका नियमहरूमा पुनर्विचार गर्ने, थप प्रजातन्त्र जस्ता कुरा समावेश गर्नुपर्दछ।

समीक्षाहरू

बुक मार्क्सले ६ वटा सकारात्मक समीक्षा र ६ वटा न्यानो समीक्षाहरूमा आधारित भएर समग्रतामा “सकारात्मक” नै भएको समीक्षा गरेका छन्। पुस्तकले अर्थशास्त्री, विद्वान र पण्डितहरूबाट मिश्रित समीक्षा पाएको छ। पुस्तकले यसकारण पनि अरुको ध्यान केन्द्रित गर्‍यो कि पिकेट्टीले यस पुस्तकको अंशहरू सेन्सर गर्न अस्वीकार गरेका थिए, जसले यस पुस्तकलाई चीनमा प्रकाशित हुन दिएन।

रोबर्ट शर्टले यस पुस्तकलाई पाँचमध्ये चार तारा दिए। उनी लेख्छन्, पिकेट्टीका केही निष्कर्षहरू कहिलेकाहीँ सरलतापूर्ण पनि लाग्छन्। शर्टले यो पनि भने कि इतिहासले आधुनिक राजनीतिको बारेमा कहिलेकाहीँ “पिकेट्टीले उठाउने वास्तविक र प्रासंगिक प्रश्नहरूबाट टाढा लैजान्छ।” यद्यपि, शर्टले भन्नुभयो कि पूँजी र विचारधारा अझै पनि एक व्यापक ऐतिहासिक र राजनीतिक सन्दर्भमा यहाँ र अन्य देशमा के भइरहेको छ भनेर बुझ्न धेरै लामो बाटो तय गर्छ।

किर्कसका समीक्षाहरूमा यस पुस्तकलाई नयाँ प्रकारको समाजवादको लागि चतुरतापूर्वक तर्क गरिएको विषयको रूपमा चित्रण गरियो, जसले विवादलाई अझ बढाउने निश्चित हुँदा, व्यापक छलफल गर्नु जरुरी बनायो। गारजनका विलियम डेभिजले लेखेका छन्, यस पुस्तक ठाउ–ठाउँमा सरल छ, तर अलि उत्तेजक शैलीमा छ। जस्तै यदि असमानता जायज छैन भने यसलाई परिवर्तन किन नगर्ने ? भन्ने जस्ता विचार यसमा पाइन्छ।

बोस्टन रिभ्यूका मार्शल स्टेनबमले भने कि मार्क्सको पूँजीको तुलनामा एक्काइसौं शताब्दीको यस पुस्तकमा धेरै आर्थिक सिद्धान्तहरूको कमि छ, तर यसमा ऐतिहासिक, समाजशास्त्रीय र राजनीतिक बिबरणहरूको विशाल श्रोत छ। उनले लेखेका थिए कि यस पुस्तकले विचारहरूबाट अप्रभावित अर्थशास्त्रलाई एक प्राकृतिक शक्तिको रूपमा कम आँकलन गर्छ।

स्टाइन बाउमले भनेका छन्— वामपन्थी दलहरू मजदुर वर्गको सट्टा शिक्षितहरूको दल बनेको भन्ने पिकेट्टीको कथा त्रुटिपूर्ण छ किनकि श्रमिक वर्ग बढी शिक्षित हुँदै गएको छ। स्टाइन बाउमले पिकेट्टीको राजनीति विज्ञानसँगको संलग्नताको प्रशंसा गरेका छन् कि केही अर्थशास्त्रीहरू पद्धतिगत रूपमा जिज्ञासु र बहुमुखी छन् भने धेरै अर्थशास्त्रीहरू कम निपूण छन्।

जियोफ मानले लन्डन रिभ्यु अफ बुक्समा यस क्यापिटल एण्ड आइडियोलोजीको प्रशंसा गरेका थिए। उनले २०औं शताब्दीमा सामाजिक लोकतन्त्रले निजी सम्पत्ति र पूँजीवादलाई पार गर्ने उद्देश्य राखेको थियो भन्ने पिकेट्टीको दावीलाई अस्वीकार गरे। यद्यपि, उनले भने कि पुस्तकले आर्थिक वृद्धिले असमानताको समस्या समाधान गर्छ भन्ने धारणा भ्रम थियो भन्ने पुष्टि गर्छ। त्यस्तै, क्रान्तिकारीहरूविनाको क्रान्तिले हामी जहाँ जानुपर्ने, त्यहाँ पुग्न सक्छाैं कि सक्दैनौं, हामी कसरी यहाँ आइपुग्यौं भन्ने उहाँको विश्लेषणले हाम्रो ध्यानाकर्षण माग गर्छ। ‘‘द हिन्दू’’का जी सम्पथले लेखका छन्, हायकियन बजारका कट्टरपन्थीहरूको दावीको विरोध गर्दै, पिकेटीले हरेक पृष्ठमा चार्ट, ग्राफ र हिस्टोग्राममार्र्फत् यो देखाउँछन् कि १९ औं शताब्दीको युरोपमा कसरी निरंकुश पुँजीवादले अर्धदास समाजमा बाहेक अन्त कतै नदेखिने स्तरको असमानता निम्त्यायो। यस पुस्तकको एक महत्वपूर्ण पक्ष यो हो कि एक सामाजिक र नागरिक आर्थिक समस्याको बारेमा अनुसन्धान र सक्रियता पुनर्जीवित गर्नको लागि यसले शक्ति प्रदान गर्छ।

न्यु रिपब्लिकका रोबिन काइसर स्चाट्जेलिनले यो तर्क दिए कि, नयाँ संसारको बारेको पिकेट्टीको आफ्नै कल्पना वास्तविक संसारमा अवस्थित संस्थाहरूको कठोर र विस्तृत विश्लेषणमा आधारित छ। उनी पहिले नै राखिसकेका विचारहरू उजागर गर्दैछन्। यिनीहरूले फेरि पनि काम गर्न सक्छन्। द वाशिंगटन पोस्टमा, जेम्स क्वाकले अति दक्षिणपन्थी राजनीतिको उदयको लागि पिकेट्टीले दिएको व्याख्यालाई अनुमोदन गरे र लेखे कि — जबसम्म डेमोक्रेटिक पार्र्टी बजारद्वारा सञ्चालित विकासको पूरानो विचारधाराको साथमा अल्झिरहन्छ तबसम्म अवसरहरूमा कथित समानता, हाम्रो राजनीतिक प्रणाली आर्थिक अभिजात वर्ग दुई प्रतिस्पर्धी खण्डहरूद्वारा परिभाषित भइरहनेछ।

द वीकका रायन कुपरले पुस्तकको प्रशंसा गर्दै भन्छन् कि पिकेट्टी कहिलेकाहीँ ‘‘आफ्नो तर्क र प्रमाणहरूको टाइटानिक संग्रह संगठित गर्न संघर्ष गर्दछन्, तर २१ औं शताब्दीको राजनीतिमा दक्षिणपन्थी परिवर्तनको बारेमा छलफल र “क्यापिटल र आइडियोलोजी” लाई हामी कहाँबाट आएका हौं र अगाडिका दुई सम्भावित मार्गहरूमा कसरी हामी सबै मानव समाजको लागि राम्रो भविष्य सिर्जना गर्न सक्छौं र अँध्यारो सम्भावनाहरूलाई हामीले असफल गर्नुपर्छ भन्ने बारेमा पिकेट्टीको बिश्लेषणबाट विश्वस्त भएका छन् । ‘‘बाम अन्तर्राष्ट्रिय’’ चाहिन्छ भन्ने सम्बन्धमा पिकेट्टीको विश्लेषणहरू अकाट्य रुपमा सत्य छन् । फरेन पोलेसिका किथ जोन्सनले लेखका छन् —उनले पत्ता लगाएका आर्थिक तथ्याङ्कहरू आँखा खोल्ने खालका छन्, उनका धेरै प्रस्तावित समाधानहरू वर्तमानको मौसममा आँखा घुमाउने देखिन्छन्। पिकेट्टी को पछिल्लो प्रयास एकातिर स्वागतयोग्य छ र धेरै विवादास्पद पनि छ, साथै अर्को कुनै समय र ठाउँको लागि सिर्जनात्मक योगदान पनि बन्न सक्छन्।

यसको विपरित, द इकोनोमिस्टका एक समीक्षक लेख्छन्– पिकेट्टीले ऐतिहासिक तथ्याङ्कहरूको प्रभावशाली दायरालाई चित्रण गर्छन् साथै मार्क्सपछिका अधिकांश आलोचनाहरूको तुलनामा “क्यापिटल र आइडियोलोजी” पठनीय नै छ।

गार्जियनका पौल मेसनले भने कि पिकेटीको इतिहास र विचारधाराहरूको छलफलले इतिहासको क्षेत्रमा उठेकोे पद्धतिगत बहसको बेवास्ता गर्छ। उनीले यो पनि तर्क गरे कि पिकेटीको नाटिभिज्म र जेनोफोबियाको उदयको बारेका तर्कहरु अव्यवस्थित छन्। रेड वालकोे सर्वेक्षणले यो देखायो कि उनीहरूले साधारण मध्यम वर्गीयहरू र अर्बपतिहरूबाट पैसा लिनको लागि भएको प्रयास अस्वीकार गरे। पिकेट्टीको केन्द्रीय विचारलाई सारांशमा मेसनले यो निकाले कि पूँजीवादलाई अस्तित्वबाट बाहिर निकाल्नमा मेरो आपत्ति यो होइन कि यो अति कट्टरपन्थी छ, तर जुन सामाजिक शक्तिहरूले यसलाई लागू गर्न सक्छन् भन्ने कुनै स्पष्टीकरणको अभाव छ, बरू यो पर्याप्त कट्टरपन्थी चाहिँ छैन।

न्यु स्टेट्सम्यानका पल कोलियरले लेखे कि यस पुस्तकको धेरै महत्व छ र यसका धेरै विचारहरू अन्तर्दृष्टिपूर्ण छन्। तर अन्त्यमा, यदि यो वामपन्थीको एजेन्डा बन्यो भने, यसले एउटा गन्तब्यहिन बाटोमा सबैलाई डोर्‍याउन सक्छ।

द नेसनका कोल स्ट्याङ्लरले पिकेट्टी कसरी माक्र्स र एङ्गेल्सभन्दा भिन्न छन् भन्नेबारे चर्चा गरे, जसमा पिकेट्टीले अर्थशास्त्रमा विभिन्न कारकहरू जस्तै धार्मिक विश्वास, राष्ट्रियताको भावना र संकटहरूद्वारा निर्धारण गरिएको परिवर्तनहरूबारे विश्लेषण गर्छन् भने माक्र्स र एंगेल्सले सबै समाजको इतिहास मुख्यत वर्गसंघर्षको इतिहास हो भनी बर्णन गरेका छन्।

टायलर कोवेनले पिकेट्टीका बिपक्षमा यो तर्क गरे कि त्यहाँ उपयोगी र बहुमूल्य सामग्रीको पर्याप्तता छ र सावधानीपूर्वक सम्पत्ति र सम्पत्ति सञ्चयको इतिहासको रूपमा प्रशंसा गरिएको छ, तर हालका घटनाहरूमा उनको टिप्पणी विकृत र अविश्वसनीय छ। यस पुस्तकमा धनीप्रति पूर्ण अविश्वास छ, तर केन्द्रित राज्य शक्तिप्रति लगभग कुनै अविश्वास छैन।

टिल ब्रेयर र फेलिक्स कस्र्टिङले क्रिटिकल इन्क्वायरीमा रिपोर्ट गरे कि उसको विश्लेषणले यो समर्थन गर्छ कि विचारको संरचना बदल्नका लागि संकट र संघषहरू आवश्यक पर्छ।

फाइनान्सियल टाइम्समा, रघुराम राजनले लेखे कि क्यापिटल र आइडियोलोजीले धेरै विद्वानहरूलाई प्रतिबिम्बित गर्दछ, तर असहमत हुनेहरूलाई भने मनाउन सक्दैन। राजनले भने कि अध्ययनहरूले पिकेट्टीको अस्पष्ट धारणालाई खण्डन गरेको छ कि आजका धनीहरू धेरै हदसम्म ‘‘निष्क्रिय’’ धनी छन्। सन १९५० देखि १९८० सम्मको उच्च वृद्धिदर धेरै कारकहरूमा निर्भर थियो। राजनले सहभागी समाजवादबारे लेखकको दृष्टिकोणको बारेमा पनि यो तर्क गरे कि आजको वास्तबिक समस्या भनेको असमानता हो, यो अवसरको असमानता हो, सक्षमताको लागि पहुँचको असमानता हो, पदको असमानता हो, तर यो केवल आम्दानी र धन सम्पत्तिको मात्र असमानता होइन।

आर्थिक इतिहासकार ह्यारोल्ड जेम्सले लेखे कि पिकेट्टीले ठूलो मात्रामा युद्ध र युद्ध वित्तका आँकडा पेस गर्छन् । उनको सम्पत्ति र फ्रान्सेली क्रान्तिका बारेकोे विस्तृत विश्लेषणले मुद्रास्फीतिलाई आश्चर्यजनक रूपमा बेवास्ता गर्छ। पिकेटीले सामाजिक वैज्ञानिकहरूलाई उनीहरूले थप इतिहास सिक्न आग्रह गरे, तर इतिहासको कुन धारलाई समावेश गर्ने र कुनलाई बहिस्कार गर्ने भन्ने छनौट सधैं प्रतिस्पर्धाको विषय जस्तै हुन सक्छ।

ब्लूमबर्गका लियोनिड बर्सिडस्कीले प्रस्तावित उच्च करहरूको बारेमा भने कि, पिकेट्टीको पुस्तकले सम्पत्तिको मूल्यमा अपरिहार्य गिरावटले करको आधार र लगानीलाई कसरी असर गर्छ भनेर राम्रो व्याख्या गर्दैन। वास्तवमा, यदि धनीहरूले आफ्नो ९०% सम्पत्ति तुरुन्तै बेच्न सकेनन् भने उनीहरू बट्टामा थुनीएको जस्तै हुनेछन्। बर्सिडस्की लेख्छन् म निश्चित छु कि पिकेट्टीले त्यस्ता राजनीतिक शक्तिहरू, जो कुनै पनि आर्थिक दृष्टिकोणको सट्टा पहिचान र परम्परामा ध्यान केन्द्रित गर्न चाहन्छन्, तिनको हालैको उदयमा असमानताले खेलेको भूमिकालाई नजरअन्दाज गर्छन्। इन्ग्रिड हार्भोड क्वान्ग्राभेनले लेखेका छन् पिकेट्टीको यो पुस्तक पिकेट्टीले नाफाको उद्देश्य, प्रविधिको विकास, असमान पहुँच र क्षमता, र श्रमिक संख्या कटौती, लागत कटौती जस्ता गतिशीलताको बारेमा प्रमुख माक्र्सवादी अन्तरदृष्टिलाई बेवास्ता गर्दै लेखेका थिए कि पुस्तक अति अलिनो छ।

पल क्रुगम्यानले आफ्नो समीक्षामा, पिकेटियन विधिको प्रशंसा गरे जसमा अत्याधुनिक डाटा सङ्कलन सुरू हुनुभन्दा पहिलेको युगहरूका लागि मात्रात्मक अनुमानहरू उत्पादन गर्न समकालीन बिधि र अनुमान कार्यको संयोजन गरे। यो विधिलाई यस पुस्तकमा प्रभावकारी रुपमा लागू गरिएको थियो। तर उनले यो पनि प्रश्न गरे कि पिकेट्टीले आफूले छलफल गरेका दर्जनौं समाजहरूको बारेमा पर्याप्त जानकारीका साथ दावीहरू पेश गरेका हुन् या होइनन् । साथै के यी सबै घटना अध्ययनहरूले इतिहासभरि बढ्दो असमानता मौलिक रूपमा अर्थशास्त्रको सट्टा विचारधारा र राजनीतिको कारण हो भन्ने पिकेट्टीको मूल तर्कलाई बलियो बनाउँछन् या बनाउँदैनन्। क्रुगम्यानल यो पनि दावी गरे कि अमेरिकाका गोरा मजदुर वर्गले पिकेट्टीको नीतिलाई सायद समर्थन गर्दैनन्।

इभान म्याकगुहेले इकोनोमियामा पूँजी र विचारधारालाई विश्वको आधुनिक इतिहास र समसामयिक राजनीतिमा फराकिलो एक विश्वकोषको रुपमा, आँकडाद्वारा सुसज्जित, तथा उच्च सम्मानित कार्यको रूपमा वर्णन गरे, तर यसले आर्थिक शक्तिको असमानता, धनको र आयको असमानताभन्दा पनि चरम छ भनेर जोड दिन खोजेको भनि टिप्पणी गरे।

अनुवाद : केशव तिम्सिना (कमल–६, शान्तिपुर, झापा)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्