सोह्रखुट्टेस्थित गार्मेन्टमा भीषण आगलागी

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।

प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ । नयाँबजारस्थित ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्