ह्वात्तै बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

gold-coins-money-saving
लोकपाटी न्यूज

काठमाडौं। छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । सो मूल्य वृद्धिपछि आइतबार प्रतिताेला ९२ हजारमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा सुनको कारोबार भएको थियो । आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ । चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ ।

आइतबर चाँदीको मूल्य तोलामा तोलामा एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७८३ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्