विमानस्थल प्रहरीको हिरासतमा ज्याकलिन

jacqueline_fernandez
लोकपाटी न्यूज

एजेन्सी। कार्यक्रमको लागि विदेश जान लागेकी बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको छ। ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएको हो।

विदेश जानुअगाडि फर्नान्डेजलाई इडि शाखामा अनिवार्य उपस्थित हुन जानकारी दिइएको छ। इडिले उनको बारेमा चाँडै नै अर्को सूचना निकाल्ने बताएको छ। प्रहरीले सोधपुछपछि उनलाई विदेश जानको लागि अनुमति दिएको थियो। लज्याकलिनविरुद्ध आएको लुक आउट सूचना सम्पत्ति शुद्धीकरणसम्बन्धी हो।

उनीसँग केही महिना अगाडि पनि यही विषयमा सोधपुछ गरिएको थियो। दुई सय करोड भारतीय रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सुकेश चन्द्रशेखर र अन्यको विरुद्धमा इडिले चार्जशिट दाखिल गरेको छ। केन्द्रीय एजेन्सीका सुकेश र नायिका फर्नान्डेजको बीचमा वित्तीय लेनदेनको प्रमाण भेटिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्