मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

Kathmandu_Mausam
लोकपाटी न्यूज

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी सोमबार र मङ्गलबार हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। हल्का वर्षाको क्रम बढेसँगै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए।

तथापि हिउँदको समय अझै बाँकी रहेकाले वर्षाको आशा कायमै रहेको बताए। यस वर्ष मनसुनलगत्तैको बेमौसमी वर्षाका कारण पनि जमिनमा आद्रता कायमै रहेकाले चिसो छिटो बढेको जलवायु विश्लेषण महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन्। चिसो बढेसँगै तराई भेगमा हुस्सु, कुहिरो र शीतलहरको चाप पनि बढ्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान र राति तराई र पहाडी भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो बढ्न थालेको हो। आगामी केही दिन वर्षा र हिमपातका कारण हुस्सु र कुहिरोमा थप बढोत्तरी हुने सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्