सभापतिको उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर समूहको बैठक

ramchandra_poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ। आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो।

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो। तर, कसैलाई साझा उम्मेदवार बनाउने भन्ने सहमति भै नसकेकाले आज पुनः बैठक बस्न लागेको हो।

आज दिउँसो १ बजे पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो। दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो। सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्