पश्चिम नवलपरासमा जिल्ला लिग फुटवल शुरु

pic 22
लोकपाटी न्यूज

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सोमवारदेखि जिल्ला लिग फुटवल प्रतियोगीता शुरु भएको छ। जिल्ला फुटवल संघ पश्चिम नवलपरासीको आयोजना तथा जेनिथ युथ क्लवको सहआयोजनामा सुनवल ३ कृर्तिपुरको मैदानमा प्रतियोगीता संचालन भएको हो।

नवलपरासी फुटवल संघका अध्यक्ष धन वहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन खेलमा राइजिङ स्टार सामुदायिक प्रतिष्ठान सुनवल १२ र सुर्य युवा क्लव सुनवल ८ ले पहिलो खेल २-२ गोल गरेका छन्। कुल ९ टिमको सहभागिता रहने र ३६ खेल खेलाईने प्रतियोगीतामा जिल्ला लिग विजेताले रु ६० हजार, कप , मेडल र प्रमाण पत्र पाउने छन भने द्धितियले रु ४० हजार , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।

साथै उत्कृष्ट विधाहरु गोल रक्षक, रक्षापंक्ति, मध्यपक्ति, गोलकर्ता र उत्कृष्ट खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको संघका उपाध्यक्ष तथा जिल्ला लिग २०७८ का खेल संयोजक ज्ञानु गुरुङले जानकारी दिए।

प्रतियोगीता सम्पन्न गर्न अनुमानित रकम रु ५ लाख खर्च हुने र सो रकम एन्फाको वार्षिक कार्यक्रम अनुसार लिग संचालनको लागी विनियोजित रकमबाट खर्च हुने आयोजकले जनाएको छ।

त्यस्तै मंगलबार हुने पहिलो खेलमा सुर्य ज्योति युवा क्लव वर्दघाट र विग वुद्ध युवा क्लव सुनवल ६ विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा जेनिथ युथ क्लव सुनवल ३ र मनकामना युवा क्लव सुनवल १० का विच हुने जिल्ला फुटवल संघका महासचिव सुवेन्द्र कवर योगीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्