कोरोना संक्रमण विरुद्धको खोप लगाएकी महिलाको मृत्यु

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज

हेटौंडा। कोरोना संक्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

हेटौँडा अस्पतालका कोभिड इञ्चार्ज डा. प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो। उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना संक्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्