डा.मिश्रले सम्हालिन् स्वास्थ्य समन्वय महाशाखा

Dr. Sangita Mishra pic
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि डा. संगीता मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेकी छन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. मिश्रलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरुवा गर्दै महाशाखा प्रमुखको रुपमा जिम्मेवारी दिएको थिए।

उनले बुधबार प्रमुखको रुपमा पदबहाली गर्दै जिम्मेवारी सम्हालेकी छन्। प्रसूतिगृहबाट डा. मिश्रलाई सरुवा गरेपछि डा अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्