धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती प्रेमिकालाई सिन्दूर लगाइदिएपछि…

लोकपाटी न्यूज

एजेन्सी। भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर जबर्जस्ती सिन्दूर लगाइदिएका छन्। यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए।

त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेका थिए। हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो अप्लोड गरेको छ। घटना एक साताअघि भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्