पाैडल पक्षकाे बैठक सकियाे, छलफलमा के भयाे ?

लोकपाटी न्यूज

काठमाडाैं। कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न बसेकाे संस्थापनइतर पक्षकाे बैठक सकिएकाे छ। साझा उम्मेदवार तय गर्न चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा बसेकाे बैठक छलफलमै सीमित हुँदै सकिएकाे हाे।

सभापतिका दाबेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दाबी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको छ।

आज सहमति हुन नसकेपछि भोलि पनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने स्राेतले बताएकाे छ। स्रेतका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

छलफलमा संस्थापनइतर पक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्