लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यी हुन् महत्वपूर्ण ९ निर्णय

Rajendra_lingden
लोकपाटी न्यूज

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ ।

बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि वार्ता समिति गठन गरिएको उल्लेख गरिएको छ । महामन्त्री राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको समिति गठन गरिएको हो ।

यसैगरी आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्का महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र गीताभक्त जोशी सदस्य सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्