हेलिकाेप्टर दुर्घटना अपडेट : सेनाध्यक्षसहित १३ जनाको मृत्यु

लोकपाटी न्यूज

काठमाडाैं। भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले जर्नेल रावत र उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको छ । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका छन् ।

भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो । इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्