पाैडेलकाे आक्राेश : कि आपसमा मिल्नुस्, कि मेराे नेतृत्व स्वीकार्नुस्

ramchandra_poudel
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसको सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापनइतर पक्षको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित भएका छन्। संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि पाैडेल आक्रोशित भएका हुन्।

नेताहरु यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरे ।  उनले भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’

नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो । बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्