एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १५ एजेन्डामा छलफल हुने

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५-२६ गते बस्ने भएको छ। बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार स्थायी कमिटी, पोलिटब्युरो गठन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारणलगायत बैठकका १५ एजेन्डा रहेका छन्।

चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ कमिटी गठन भएको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठक चितवनमै बसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्