वैदेशिक रोजगारीका विद्यमान समस्या प्याकेजमै समाधान गर्छाैं : मन्त्री श्रेष्ठ

krishna-kumar-shrestha
लोकपाटी न्यूज

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताएका छन् ।

नवलपुरको डण्डामा आज नेकपा (एकीकृत समाजवादी)को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताए ।

आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्दै उनले विद्यमान समस्याहरूको प्याकेजमै समाधान गरिने बताए ।

आफू श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ । आफ्नो कार्यकालमा श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उनले बताए । सीप विकाससँग सम्बन्धित तालिमहरू अव एकीकृत संरचनामार्फत संचालन गर्न तयारी सुरु गरिएको पनि उनले जानकारी दिए ।