ओलीकाे भाषण जारी हुँदा मञ्चबाट बाहिरिए नेपाल र प्रचण्ड

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन जारी रहँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।

ओलीसँग प्रचण्ड र माधव नेपालको राम्राे सम्बन्ध रहेकाे छैन भने उनीहरु लामाे समयपछि एउटै मञ्चमा काँग्रेसको महाधिवेशनका क्रममा देखिएका थिए ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।

ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्