प्रतिपक्षी पार्टीलाई फुटाउन सभामुख लागिपरे : ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यक परेमा अवरोध गर्ने बताएका हुन्।

उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिए। उनले भने, ‘कतिपयलाई लाग्न सक्छ संसदमा भाग लिएर आफ्नो कुरा राख्दिए हुन्छ भन्ने। विरोध गरिरहेका छौं, अवरोध गरेका छैनौं।’

उनले सरकार सरकारजस्ताे  र संसद संसद जस्ताे नभएकाे टिप्पणी गरे। उनले भने, ‘सरकार सरकार जस्तो छैन, विनाशकारी छ, संसद संसदजस्तो रहेन। सभामुखले न्यूनतम मर्यादा पनि पालना गरेनन्। प्रतिपक्षी पार्टीलाई फुटाउन सभामुख अग्निप्रसाद सापकोटा लागिपरे।’

मंगलबार दिउँसो २ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछ।