वर्ल्ड ट्रेड सेन्टरमा भीषण आगलागी, ३ सय बढी मानिस भित्रै फसे

लोकपाटी न्यूज

एक सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिस भित्रै फसेका छन् । बुधबार हङकङकाे वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिसहरु भवनको छतमा फसेका हुन् ।

साे आगलागी ३८ तले भवनमा भएको हो । आगलागी मध्यान्ह १२:२७ बजे भएको जनाइएकाे छ। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनएको छ ।

सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । -एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्