नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल

prabin kadel
लोकपाटी न्यूज

अस्ट्रेलिया। नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन भएका छन्। शनिबार भएको मञ्चको पाचौं अधिवेशनले उपाध्यक्षमा हिमलाल गैर्है, स्कपिल पाण्डे, लोकराज पौडेल, महासचिवमा चुन्ना क्षेत्रि, सचिवमा बिक्रम शर्मा पंगेनि, कोषाध्यक्षमा प्रतिक पोखरेल राष्ट्रिय महिला संयोजक सजना मानन्धर, राष्ट्रिय युवा संयोजक सुजन न्यौपाने चयन भएका छन्।

यस्तै केन्द्रीय सदस्यहरुमा अनिल पौडेल,हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भन्डारी, जिबलाल न्यौपाने, सन्तोष कंडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा, मांया प्रसाद सुवाल, गौतम लामिछाने,अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे, राजन नेपाल, कृष्ण पौडेल,रमेश बेलबासे,जगदिश देवकोटा रहेका छन्।

शनिबार सम्पन्न अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितीका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए।

कार्यक्रमका विषेश अतिथि एवं प्रवास समन्वय समितीका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निवर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मञ्च न्युजलेण्ड का अध्यक्ष बिसाल गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्