बागमती प्रदेशमा थपिए ६ मन्त्री, कुन मन्त्रालयमा काे ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । वाग्मती प्रदेश सरकारमा फेरि ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज ६ मन्त्री थप गरेसँगै मन्त्रीहरूको संख्या १८ पुगेको हो । मुख्यमन्त्री पाण्डेले आज सत्ताघटक नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेका हुन् ।

आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको स्राेतले जनाएकाे छ।

स्राेतका अनुसार कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पनि पाएका छन् । जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको शपथ लिने जनाइएकाे छ । यसअघि नै वाग्मती प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्