रौतहटका विद्यालय एक साताको लागि बन्द

https://lokpati.com/wp-content/uploads/2018/09/School.jpg
लोकपाटी न्यूज

रौतहट। चिसो बढेपछि रौतहटका विद्यालय एक साताको लागि बन्द हुने भएका छन्। अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय जान समस्या भएपछि रौतहटका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्।

विगत एक सातादेखि भइरहेको शीतलहरका कारण विद्यालय आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरूले सूचना निकालेर धमाधम विद्यालय बन्द गर्न थालेका हुन्।

अहिलेसम्म रौतहटका ६ वटा नगरपालिकाले जाडो बिदा दिइसकेका छन्। कटहरिया, बौधीमाई, ईशनाथ, बृन्दावन, देवाही गोनाही र परोहा नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। सोमबार वृन्दावन र कटहरिया नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

विद्यालय आउने बालबालिकामा चिसोको कारण समस्या बढिरहेकाले पठनपाठनमा कठिनाइ हुँदै गएकाले नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्