स्रोत नखुलेको ३८ लाखसहित यादव पक्राउ

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ वजे धनुषाको नगराईन नगरपालिका–२ सिमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका– १ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हाे ।

प्रदेश २,०२, ०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्