‘मानिसलाई नयाँ उचाईमा पुर्‍याउने सुत्र’

prakash Adhikari
लोकपाटी न्यूज

-प्रकाश अधिकारी

‘सलाखाँ के पछि झंककर देखा, निचे कीचड उपर चाँद देखा । किसी ने कीचड मे कमल देखा, किसी ने चाँदमा दाग देखा।’

संसारमा हामीले हेर्नका लागि दुई आँखाहरु छन्। यी दुई आँखाले एकै पटक दुईतिर देख्न सक्दैनन् अर्थात एउटा आँखाले एउटा र अर्को आँखाले अर्को देख्द सक्दैन यसको मतलव हो। एक पटकमा एउटा कुरा मात्र देख्न सकिन्छ। सुन्दर संसार हेर्न आँखा सुन्दर चाहिन्छ।यो संसार अत्यन्तै सुन्दर र मोहक छ र ज्यादै कुरुप पनि। मात्र हेराई फरक–फरक छ हुनुपर्छ।अब यो संसारलाई कस्तो रुपमा हेर्ने ? कहाली लाग्दा ? कारुणीक या सुन्दर शान्त र मनोरम ? यो तपाई हाम्रौ आँखामा भर पर्ने कुरा हो।

एउटा बस्तुुलाई फरक मानिसले फरक देखीरहेको हुन्छ। जस्तो कि कुनै मानिसले मलाई भयानक घमण्डी या बबुरो सम्झिन्छन्, कोही भावुक र मायालु देख्छन् होला, कोही मानिस मलाई मृत्युको अन्त्यहिन प्रतिलिपीमय जीवनको रुपमा देख्छन्, प्रेरणाको स्रोत ठान्छन्। कोही प्रतिभावान या सिर्जनशिल व्यक्तिको रुपमा बुझ्छन्। त्यो पनि तपाईको आँखा हो अर्थात तपाईंको हेराई विम्ब या सोच कोलाज। जसरी सेती किनार रामघाटकै नजिक बसेका मजदूरलाई बेला बेला सेतीले सताउदाँ उनीहरुले सम्झिन्छन्, अलिकतल पर बस्ने मानिसले त्यही सेतीमा बालुवाचालेर गर्जो टार्ने गर्दछन् तिनीहरुले सेतीलाई जीवनदिने नदिको रुपमा लिन्छन्। अलि तल फाँटको मानिसले त्यही नदिको पानीलाई सिँचाईको लागि प्रयोग गर्दछ र प्रसस्त सम्भावना भएको नदिको रुपमा देख्छ। आखिर सेती सेतीनै हो नकी अर्को मलआमानहाँ या भयनाक त्रिशुली। यहाँ अवस्था फरक छ, सोच फरक छ। हेराई र दृष्टिकोण फरक छ।

विचार शक्ति

हाम्रो आफ्नो जीवन, समाज र संसारमा राम्रा नराम्रा दुवै पक्ष छन्। समाज र संसारमा राम्रा र नराम्रा दुवै पक्ष छन्। सबै भन्दा भयनाक पक्ष मृत्यु पनि हाम्रो जीवनको एउटा अनिवार्य पाटो हो। तर मान्छे कहिल्यै मृत्युको पक्षमा हुँदैन। मृत्यु खोज्दै हिड्दैन। शान्त समाधि होस् वा भीषण युद्ध, मानिस जीवनकै पक्षमा हुन्छ। मृत्युपछि पनि अमर हुन चाहन्छ। अतः मान्छेको जीवन भनेको उसको बाँच्ने आशा हो।आशा भनेको सकरात्मक सोच हो। निराशा भनेको नकरात्मक सोच हो।नकरात्मक सोचले मानिसलाई थप नकरात्मक बनाउदै लौजान्छ।नकरात्मक सोचले सकरात्मक प्रश्न जन्मिदैन र नतिजा सकरात्मक आउने कुरै भएन। थाहा छ मेरो तर्कमा तपाईको असहमती छ। यो पनि थाहा छ मलाई अन्धकारलाई सरापेर उज्यालो आँउदैन। निराशामा रुमलिएर भरोसाको पुल तरिदैन्। संसारमा फरक-फरक मान्छे छन्। फरकफरक सोच, चिन्तन र विचारहरु छन्।

एउटै कुरा कसैले भन्दा कस्तो अर्कोले भन्दा अर्कैै सुनिन्छ किनभने उनीहरु सोच्ने बोला फरक–फरक सोचिरहेका हुन्छन्। एउटा हातको पाँचऔँला त बराबर हुँदैन भने फरक मान्छेको कल्पना किन गर्नु ? त्यसैकारणले कुनै कार्यको गाम्भिर्यताबारे बताउन अघि वातावरण तयार गर्नुपर्छ। नत्र हामीले एकाविहानै कुखुरा बाँस्दा कुकुरी काँ किन सुन्छौ ? फिनिस र डचहरुले फरक किन अर्कै सुन्छन् ? एउटा चराले बसन्त ऋतुमा वोउ पुग्यो ? भनेर सोच्छ तर मानिसले किन विउ कुह्यो सुन्छ ? यसरी संसारका हरेक पक्षमा अध्ययन गर्दै मानिसले जीवन वनाउने कि समग्र गर्ने उसको आफ्नै विचार हो।

प्रायः वृद्धलाई बलवान र दीर्घजीवी देख्छौँ। त्यो शक्ति तिनमा कहाँबाट आयो ? केवल राम्रो विचारबाट। खप्तड बाबा भन्छन् विचारहरुमा रोगलाई हटाउने वडो भारी शक्ती छ एकचोटी परीक्षा गरि हेर त तिम्रो आश्चर्यको ठेगान रहने छैन। अतः सकरात्मक सोच विना समग्र जीवन सुन्दर हुन सक्दैन। अरुमा परिवर्तन खोज्ने आफूँ यथास्थितीमा रमाउने? असहमतीमा सहमती खोज्नुको साटो सहमतीमा असहमतीको खाँडल खन्ने ? यस्तो पनि सकरात्मक सोच हुन्छ ? अरुको सफलताबाट सिक्नुको साँटो डाहा गर्ने,आफ्नो असफलताभित्र सफलतत्वहरुको खोजी गर्नुको साँटो अरुलाई सराप्ने ? संगत , समाज, प्रकृित, सीप योग्यता र क्षमताबाट प्रेरित हुँदै अघि बढ्नुको साँटो अरुको गल्ती खोज्नु र खोइरो खन्नु यस्तो पनि सकरात्मक सोच हुन्छ ? फेरि तपाईको प्रश्न हुन सक्छ के सकरात्मक सोच भन्दैमा नराम्रो विषयलाई पनि राम्रो भन्ने त ? सकिदैन। हो, बहुमतले नराम्रो मानेको विषयलाई नराम्रो नै भन्न सकिन्छ र भन्न पनि पर्छ तर हामीले त्यसलाई घृणाको आँखाले भन्दा त्यसभित्र रहेको ‘नाममात्र’को रहेछ भने पनि सकरात्मक गुणको खोजी गर्ने आँखाले हर्ने पर्दछ अर्थात फोहोर भित्र मोहरको खोजी गर्नुपर्छ।

अन्त्यमा

मैले यसो भनिरहँदा तपाईले सोचिसक्नु भयो विरोधी, विपक्षी, प्रतिस्पर्धी र प्रतिद्धन्दी सबैको प्रशंसा गर्दा आफ्नो अस्तित्व मेटिदैन ? यसमा मेरो एकदमै सरल उत्तर छ। मानव विरोधी भन्ने अरु कोही नभई उसैको विचार हो। विपक्ष भनेको उसको दृष्टिकोण हो। प्रतिस्पर्धी र प्रतिद्धन्दी भनेको उसलाई नयाँ उचाईमा पुुर्‍याउने शक्ति र शुत्र हो। मलाई लाग्छ यस्तो सोचेर व्यवहार गर्दा कसैको पनि अस्तित्व मेटिदैन बरु अझ बढ्छ।

जीवनको अन्त्य नहोउञ्जेलसम्मको अवस्था नयाँ सुरुवात गर्न पनि सकिने अवस्था हो त्यसैले केही गर्नु, केही हुनका लागि हो, केही गरिँदै छ भने हुन्छ भनेरै ईमान, लगनशिलता र उत्साहका साथ गर्नुहोस् अवश्य सफल भइन्छ। तपाईले ‘म सबथोक गर्न सक्छु’ यो विश्वास सादा राख्नाले सव जीवकोषहरु तपाईलाई उस्तैउस्तै नै बनाई दिनेछन् तर यदि तपाईलाई आफ्ना योग्यतामा सन्देश हुन्छ भने अब बुुझे हुन्छ तपाईको वृद्धावस्था आयो आयो। वृद्धावस्था अर्थात निर्वलता। यो भनेको निराशा हो निराशा भनेका सकरात्मक जीवनको अन्त्य हो।

अतः संसार सुन्दर देख्न सकरात्मक सोच जरुरी छ,सकरात्मक सोच मात्र होइन माया, प्रेम र सकरात्मक हृदय भएको व्यक्ति बन्न उत्तिकै जरुरी छ। त्यत्तिले मात्रै पुग्दैन सकरात्मक चिन्तन र सकरात्मक अभ्यास पनि अनिवार्य छ। जसले मानवलाई जीवनका सफलता हेरेर बाँच्न सिकाउँदछ।

 

लेखक अधिकारी पत्रकारीता, साहित्य र प्रध्यापन पेसामा आवद्ध छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्