‘सरकारले बेलैमा नाकामा कडाइ नगरे कोरोनाले विकराल रुप लिन्छ’

simama nepali
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

-अनुसा थापा

केही सातायता भारतमा कोरोना संक्रमितको दरमा निकै वृद्धि भएको छ। भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित भएका छन्। छिमेकी भारतका २३ बढी राज्यहरुमा ओमिक्रोन संक्रमित पनि देखिएका छन्। भारतमा कोरोना संक्रमितको दर बढ्दा नेपालमा पनि केही हलचल मच्चिएको देखिन्छ। केही साताअघि ओरालो लागेको कोरोना संक्रमित दर फेरि बढ्न थालेको छ।

भारतमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर्दै नेपाल सरकारले पूर्वसावधानी अपनाउन जरुरी देखिन्छ। कोरोनाले भारतमा विकराल रुप लिइरहेको छ। भारतको विभिन्न प्रान्तमा लकडाउन हुँदा रोजगारीका लागि गएकाहरु धमाधम नेपाल फर्किरहेका छन्। खुला सीमानाका कारण नेपालमा कोरोना फैलिने त्रास बढिरहेको छ।

सरकारले भारतबाट नेपाल भित्रिने सीमानाहरुमा कडाई गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ। भारतबाट फर्किनेलाई परीक्षण नगरी नेपाल छिर्न दिनुहुन्न। उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नुपर्छ। थानकोट र साँगा नाका हालका लागि बन्द गर्नु नै औचित्यपुर्ण हुन्छ। एउटा जिल्लाको मान्छे अर्को जिल्ला छिर्नमा प्रतिबन्ध लगाउनुपर्छ।

लामो रोडका सवारी साधन र विमानबाट पनि ओहोरदोहोर भइरहेको छ। यसलाई तत्कालै बन्द गर्नुपर्छ। स्वास्थ्य मन्त्रालय अब लकडाउन गर्नको लागि पनि तयारी थाल्नुपर्नेछ। मन्त्रालयले लकडाउन गर्नको लागि मन्त्रीपरिषद्मा प्रस्ताव लान जरुरी देखिएको छ। आफ्नो मुलुकको नागरिक बचाउनको लागि स्वास्थ्यमन्त्रीले तुरुन्त पहल थाल्नुपर्छ। छिमेकी भारतमा कोरोनाले भयानक रुप लिदाँ पनि नेपाल सरकार मौन छ।

गृहमन्त्री बालकृष्ण खाणले स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारी हरुलाई निर्देशन दिनुपर्दछ। अब प्रधानमन्त्री शेरबहादुर देउवा जनताको विषयमा सोच्नुपर्ने होइन र ? छिमेकी मुलुकमा उथुलपुथुल हुँदा पनि प्रधानमन्त्री किन मौन बसेका छन्। प्रधानमन्त्रीको काम घुम्ने, तलबभत्ता खाने र भाषण दिने मात्र हो ? नाकामा कडाइ गर्ने, कोरोना परीक्षण बढाउन, हवाई उडान रोक्ने निर्देशन दिनुपर्ने होइन्।

सरकारी कार्यालयहरुमा भीडले खुट्टा हाल्ने ठाँउ छैन। यातायात कार्यालय, सिडियो कार्यालय, मालपोत, बजारहरुमा खुट्टा हाल्ने ठाँउ छैन। कार्यालयहरुले छिटोछरितो रुपमा सेवा नदिदाँ पनि कार्यालहरुमा भीड बढेको हो। सरकारले बनाएको स्वास्थ्य मापदण्ड सरकारी कार्यालयहरुले नै पालना गरेको छैनन्। अत्याधिक भीडभाड हुने कार्यालयहरु बन्द गर्न नै अहिलेको परिस्थितिको लागि उचित देखिन्छ। उपत्यकाभित्रका तीन जिल्लाका सिडियोहरुले पनि अलि कडाइको साथ अनुगमन गर्ने हो कि। नेपाल अधिराज्य भरका जनताहरु उपत्यकामा बसोबास गर्छन्। घर जानलाई दुई दिनको टाइम दिएर उपत्यका लकडाउन गर्ने हो कि।

गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी पालना गरौं, मुखमा अनिवार्य मास्क लगाऔं भनेर सूचनासमेत जारी गर्दैन। भारतमा क्फर्यु लाग्दा खेरिसम्म नेपालीहरु निस्फिक्री डुलिरहेका छन्। भारतले कोरोनाबाट आफ्नो देशको जनता बचाउन विभिन्न रणनिति अपनाउदा पनि नेपाल सरकारलाई मतलब छैन।

बाहिरी मुलुकमा रोजगारीका लागि गएकाहरु हवाइ जहाजबाट उत्रिएर सिधै आफ्नो घर प्रस्थान गरिरहेको छन्। उनीहरुको कोरोना परीक्षण गरिएको छैन। कोरोनाले भव्य रुप लिएको मुलुकहरुमा पनि नेपालले उडान भरिरहेको छ। त्यस्तो मुलुकका नागरिकसमेत नेपाली विमानले बोकिरहेका छन्।

सबैभन्दा पहिले जनता बचाउनु पर्दछ, त्यसपछि उधोग व्यवसायी । लकडाउन गर्नुपर्छ भनेर जनताले माग गर्दा पनि सरकारबाट किन सुनुवाइ भइरहेको छैन। बजारमा भीड देख्यो भने मुटु नै कापेर आँउछ। भीड देख्दा अत्यासलाग्दो हुन्छ। सो भीड कम गर्नसमेत सरकारले कुनै योजना अघि सार्दैन। दीर्घकालिन रोगीहरु घरबाट ननिस्किनु भनेर सरकारले भन्दैन। कोभिडबाट जनता बचाउन सरकारसँग कुनै पनि योजना छैन। सरकारको लापरबाहीले अब नेपाली जनताले ज्यान गुमाउनुपर्नेछ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पनि नेपालमा भेटिएको छ। एकैचोटि २४ जनासम्म ओमिक्रोन संक्रमितहरुरु नेपालमा भेटिएका छन्। ओमिक्रोन नेपालमा पनि देखिएपछि सर्वसाधारण चिन्तित बनेका छन्। कोरोना ह्वात्तै बढ्दा पनि शैक्षिक संस्था बन्द गरिएको छैन। भीडभाड हुने रात्रिकालिन व्यवसायीहरु पनि सञ्चालनमा रोक लगाउनुपर्छ।
सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाँउ हुदैन। कोरोना फैलिरहेको छ राजनितिक दलको कार्यक्रम सकिदैनन्। आमसभा, अधिवेशन, बैठक लगायत विभिन्न कार्यक्रहरु भइरहेका छन्।

वकिलहरुले प्रधानन्याधीशको राजीनामा माग गर्ने नाममा आन्दोलन गरेर कोरोना फैलाइरहेको छन्। वकिलहरुको आन्दोलन कोरोना उत्पादन गर्ने कारखाना बनिरहेको छ। जनता आफैं पनि जिम्मेवार नहुने, सरकार पनि मतलब नगर्ने। कोरोना कति घातक छ भन्ने थाहा हुँदाहुँदै पनि ख्यालख्याल गरिएको छ। नाकाहरुमा प्रहरीले मात्र धान्न नसके आर्मी पनि खटाउनुपर्छ। स्वास्थ्य मन्त्रालयले कोभिड परीक्षण गर्न स्वास्थ्यकर्मीहरुलाई नाकामा खटाउने पो हो कि ? उपत्यकावासीहरु पनि आफैं जिम्मेवार बन्ने हो कि ? कोरोनाबाट सुरक्षित बन्नको लागि उपत्यकावासीहरुले साँगा र थानकोटमा पर्खाल लगाउनुपर्छ।

सरकारले बेलैमा नाकामा कडाइ नगर्ने हो भने नेपालमा कोरोनाले विकराल रुप लिनेछ। कोरोनाबाट अझै कति जनताले ज्यान गुमाउने उपत्यकाका सडियोहरुले पनि अनुगमनमा कडाइ गर्नुपर्छ। उपत्यका भित्रिने नाकाहरु कडाइ गर्नुपर्छ। अब पनि ढिलाइ गर्ने हो भने अरु देशको जस्तै हालत नेपालमा पनि हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्