नेपालमा भूविज्ञान शिक्षाको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल भौगर्भिक विद्यार्थी समाज (NGSS), विज्ञान शिक्षक संघ नेपाल (STAN), स्टीम फाउन्डेशन र अन्तर्राष्ट्रिय भू-विज्ञान शैक्षिक संस्थाको संयुक्त आयोजनामा नेपालको विद्यालय तहमा भूविज्ञान शिक्षाको स्थितिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विज्ञहरुले सहजीकरण गरेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक डा. सुबोध ढकाल, खानी तथा भूगर्भ विभागका भूकम्पविद् डा. मुकुन्द भट्टराई, NGSS अध्यक्ष पवन कुमार आचार्य र STAN सदस्य मनोज कुमार खड्काले विभिन्न शिर्षकमा प्रस्तोता प्रस्तुत गरेका थिए।

नेपालको जस्तो भौगोलिक बनावट भएको देशमा विद्यालय स्तरबाट नै पहिरो, भूकम्प, खानी तथा खनिजहरु अध्यापन गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए। विद्यालयको ९/१० कक्षाको पाठ्यक्रममा राखिएका भुगर्भ सम्बन्धि बिषय अहिले सुधारको बहानामा विस्तापित गरिएको भन्दै उनीहरुले निकट भबिस्यमा देशले ठूलै क्षेती ब्यहोर्नुपर्ने आँकलन गरेका थिए।

कार्यक्रममा उपस्थित विज्ञान शिक्षक संघ नेपालका अध्यक्षले विद्यालय स्तरमा भुगर्भ सम्बन्धि अध्ययन अध्ययापन गराउनको लागि आफूहरुले कोर्समा समेट्न प्रयास गरेको बताए। उनले निकट भविष्यमा अध्यापन गराउनको लागि समेत आफू लागि परेको र थप आवस्यक सुझाव बिज्ञहरुबाट समेत लिने बताए।

कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका प्रतिनिधि, विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता STAN का अध्यक्ष खिल कुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रम त्रिभुवन विश्वविद्यालय भुगर्भ शास्त्र केन्द्रिय विभागमा अध्यनरत NGSS सदस्य रोशन न्यौपानेले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्