एन पी घायलको ‘मञ्जरी’ (कविता)

Nirmal poudel
लोकपाटी न्यूज

धोकाले खण्डहर बनाएको
छातीको कन्दरामा
प्रेमको बिज छरेर
बागको सेरोफेरो स्थापित गर्नु छ
जिन्दगीको बसन्तमा तिमी आउनु मञ्जरी।

मलाई माली बनेर नियाल्नुछ आफैंमा तिम्रै पौरखको हराभरा
गर्नु छ स्पर्श कोमल सामीप्यताको

भर्नुछ फोक्सोमा एक मुट्ठी परान
पवनमा तिम्रै माधुर्य खोजेर

जिन्दगीको बसन्तमा तिमी आउनु मञ्जरी।

आँखीझ्याल बाट पर देखिने
क्षितिजको गहिराइमा
तिमी अनि म भएर बनाउनु छ एउटा प्रेमालय
मन्जरी जहाँ प्रेमलाइ उच्चस्थान र धोकालाई हजारौं यूगसम्म फाँसीको फैसला गरियोस् ।

 

फेरि भन्छु
हजारौं यूगको अनन्तसम्म
सङ्गै गर्न सकियोस् नटुङ्गिने यात्रा

खुशीका वैभवले प्रेमिल सारा सुखभोग
मञ्जरी जिन्दगीको वसन्तमा तिमी आउनु

 

एन पी घायल, पर्वत

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्