‘कटप्पा’ अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

katappa
लोकपाटी न्यूज

एजेन्सी। भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ। त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो। कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरू रोकिएका छन् भने कतिपय कलाकारहरू पनि संक्रमित भएका छन्।

बलिउड र टलिउडमा कलाकारहरू संक्रमित हुनेको सूची लामै रहेको छ। केही दिन अघि महेश बाबु पछि ‘बाहुबली’ फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन्। त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टहरुका अनुसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो। त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए। तर स्वास्थ्य बिग्रँदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था’bout अस्पतालले औपचारिक रूपमा कुनै जानकारी नदिएको समाचारहरूमा जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्