‘विक्रम वेधा’को फस्ट लुकमा यस्तो देखिए ऋतिक रोशन

hrithik_roshan
लोकपाटी न्यूज

एजेन्सी। बलिउड फिल्म ‘विक्रम वेधा’का निर्माताले अभिनेता ऋतिक रोशनको फर्स्ट लुक सार्वजनिक गरेका छन्। अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको यो पोस्टरमा ऋतिक ड्यासिङ अवतारमा देखिएका छन्।

बलिउडमा ग्रीक भगवान भनेर चिनिने ऋतिक रोशन सोमबार ४८ वर्षका भएका छन्। उनी आगामी फिल्म ‘विक्रम वेधा’ मा ‘वेधा’ को भूमिकामा देखिनेछन्।

निर्माताले सामाजिक सञ्जालमा ऋतिक रोशनको लुक सेयर गर्दै लेखेका छन्, ‘ऋतिक रोशनलाई जन्मदिनको धेरै धेरै शुभकामना, विक्रम वेधाबाट वेधाको पहिलो लुक प्रस्तुत गर्न पाउँदा खुसी छु। यो फिल्म ३० सेप्टेम्बर २०२२ मा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्