एजेन्सी। कोरोना भाइरससँगको लडाईंमा भ्याक्सिन अत्यावश्यक हतियार हो तर यति हुँदाहुँदै पनि मानिसहरू भ्याक्सिन लगाउन तयार छैनन्। यसैकारण मानिसहरूलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदै छ। यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ। तर अस्ट्रियाको राजधानी वियनामा जुन अफर दिइँदै छ, त्यो सुन्दा तपाईंलाई अचम्म लाग्ला।
इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार वियनामा कोरोना भ्याक्सिन लगाउनेहरूले यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर दिइँदै छ। फन पलास्ट नामको वेश्यालयले यो अचम्मको अफर ल्याएको हो। यो वेश्यालयले खोपको सुविधा पनि उपलब्ध गराइरहेको छ।
अफरमा बताइए अनुसार खोप लगाएका व्यक्तिले आफूलाई मन परेको यौनकर्मीसँग निःशुल्क ३० मिनेटको समय बिताउन सक्नेछ। रोचक कुरा के हो भने यो अफरको लाभ उठाउन मानिसहरू पुगिरहेका पनि छन्। वेश्यालयका अनुसार खोप अभियानलाई प्रोत्साहन दिनु सबैको जिम्मेवारी हो। यसैलाई बुझ्दै आफूहरूले यस्तो अफर दिइरहेको वेश्यालयले बताएको छ।
अस्ट्रियामा ६४ प्रतिशत मानिसले मात्रै पूर्ण खोप लगाएका छन्। सरकार खोप अभियानको गति बढाउने कोसिस गरिरहेको छ। यसका लागि कडा निर्णय लिइँदैछ पनि। जस्तै रेष्टुरेन्ट, पब, सैलुन र अन्य सार्वजनिक स्थानमा भ्याक्सिन नलगाएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ। देशका कडा नियम लागू गरिएको छ जसअन्तर्गत होटेल र सिनेमा घर वा २५ जनाभन्दा बढीको कार्यक्रममा जानका लागि पूर्ण खोपको प्रमाणपत्र वा कोरोनाभाइरसबाट निको भएको प्रमाणपत्र दिन आवश्यक पर्छ।
अस्ट्रियामा ठुलो संख्यामा मानिसहरू वेश्यालय जान्छन्, यस्तोमा यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर प्रभावकारी हुने अनुमान गरिएको छ। प्रशासनसँग जोडिएका अधिकारीले पनि फन पलास्टको यो पहलले खोप अभियानलाई तीव्रता दिन मद्दत गर्ने विश्वास राखेका छन्।