पीएम कप क्रिकेट : नेपाल पुलिसको लगातार दोस्रो जित

PM-Cup- pic
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।

हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो। आर्मीले हिजो उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

आजको खेलमा आर्मीले जितका लागि दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिसका कुशल भुर्तेलले ३५, रासिद खानले २८, अनिल शाहले २२ रन जोडे। दिलिपनाथ २५ रनमा अविजित रहे।

आर्मीका सहाव आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १९ ओभर ५ बलमा १ सय ३७ रनमा अलआउट भएको थियो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन तथा सोमपाल कामीले ४२ रन जोडे। पुलिसका करण केसीले चार विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्