
0
Shares
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । उपचारका लागि भारत गएका उनी आज स्वदेश फर्किएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
स्वदेश फर्किएसँगै शर्माले आजैदेखि प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । शर्मा पुस १८ गतेदेखि लागु हुनेगरी बिदामा बसेर भारत गएका थिए । उनको बिदालाई मन्त्रिपरिषद्ले स्वीकार गरेको थियो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका थिए ।