वीरगञ्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा

Birgunj-mahanagar
लोकपाटी न्यूज

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन्। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन्।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ नै एक सूचना जारी गर्दै महानगरका विद्यालयहरू बन्द नहुने जानकारी गराएको हो।

सरकारले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको भए पनि वीरगञ्जमा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालय सञ्चालनमा कुनै समस्या नभएकाले महानगरका विद्यालयहरू मंगलबादेखि नियमित रूपमै सञ्चालनमा रहेको महानगर प्रमुख विजयकुमार सरावगीले बताए।

तर, चिकित्कसहरूले भने विद्यालय बन्द गर्ने बारेमा एकपटक फेरी सोची दिन वीरगञ्ज महानगरपालिकासँग आग्रह गरेका छन्। वीरगञ्जमै पनि कोभिड संक्रमण समुदायस्तरमै फैलिसकेकाले विद्यालयहरू सञ्चालनमा रहँदा बालबालिकाहरू उच्च जोखिममा रहेको भन्दै चिकित्सकहरूले हाललाई विद्यालय बन्द गर्नु नै उचित रहेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्