कमजोरी सच्याउँदै अघि बढ्छु, पार्टी सदस्य मनोनयनमा पक्षपात छैन : राजेन्द्र लिङ्देन

Rajendra
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको बताएका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले निष्पक्ष ढंगले पार्टी सदस्यहरू मनोनित गरेको बताएका हुन्।

अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए। उनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताए।

अध्यक्ष लिङ्देनले पार्टीमा मनोनयन सदस्यहरूको परिपूर्ति अहिले नै भइनसकेकाले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए। उनले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्