गायक यम बरालले गरे दोस्रो विवाह

Yam-and-Geeta pic
लोकपाटी न्यूज

काठमाडौं। बिगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रोपटक विवाह गरेका छन्। पूर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रोपटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मंसिरमा विवाह गरेका हुन्।

गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन्। उनीहरुले यही मंसिरमा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने विवाह बारे केही बताएका छैनन्।

गीता कांग्रेसको १४औं महाधिवशेनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन्। उनी पराजित भएकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्