गण्डकीका ११ जिल्लामा एमालेबाट को-को भए पदाधिकारी ? (सूचिसहित)

UML_Logo
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमाललेले गण्डकी प्रदेशका दुई हिमाली जिल्ला बाहेक ९ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। जिल्ला अधिवेशन कतै सर्वसम्मत त कतै निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरेको हो। नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन्।

शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। जसको उपाध्यक्षमा बाल कृष्ण सुवेदी, सचिव सुरत के.सी, उपसचिवमा राज कुमार थापा, उपसचिवमा थमसरा पुन सर्वसम्मत चयन भएका हुन्।

यस्तै, नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन्। नेपाल बार इकाई लमजुङका अध्यक्षसमेत रहेका अधिकारीलाई एमाले ८ औं जिल्ला अधिवेशनले सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा यसोदा रिमाल, सचिवमा सुवास पौडेल, उपसचिवमा जित बहादुर गुरुङ, उपसचिवमा जनकराज मिश्र चयन भएका छन्।

यस्तै, नेकपा ९एमाले० गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार भएको जिल्लाको सातौं अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो।

अधिवेशनले उपाध्यक्ष पदमा कृष्ण नेपालीलाई सर्वसम्मत चयन गरेको छ। नेपाली यसअघिको कार्यकालमा सचिव पदमा थिए। सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन्। उपसचिवहरूमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापा सर्वसम्मत चयन भएका छन्।

सदस्यहरूमा जनकराज भट्ट, ईश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमलालगायत ३० जना सर्वसम्मत चयन भएका छन्। यस्तै, एमाले नेकपा बागलुङको नवौं जिल्ला अधिवेशनबाट हिराबहादुर केसी अध्यक्षमा निर्वाचत भएका छन्। आइतबार भएको मतदानमा केसी निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले बताए।

अध्यक्षका लागि तीन जनाले प्रतिष्पर्धा गरेका थिए। कुल ६ सय ५० मतदातामध्ये केसीले ३ सय २९ मत पाएका थिए। उनका प्रतिष्पर्धी कृष्ण पाठकले २ सय २८ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी मेहरसिंह पाइजाले ६४ मत पाए।विजयी भएका केसी एमालेका युवा नेता हुन्। उनी युवासंघ र विद्यार्थी राजनीतिबाट आएका थिए। पाठक यसअघि कावा अध्यक्ष भइसकेका थिए। पाइजा बडीगाड गाउँपालिकाका अध्यक्ष हुन्। अधिवेशनमा उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल निर्विरोध निर्वाचित भएका हुन्। सहसचिवमा भने डम्बरबहादुर श्रीस र गणेशबहादुर थापा निर्वाचित भए।

यस्तै, नेकपा ९एमाले० नवलपुरको आठौं जिल्ला अधिवेशनले मुक्तिराम पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा मनवीर थापामगर, सचिवमा भीमलाल अधिकारी, उपसचिवमा भीमलाल कडेँल र यमुनाथ अधिकारी चयन भएका छन्।

यस्तै, नेकपा एमाले पर्वतको जिल्ला अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन्। शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा पदम पानि शर्मा, सचिवमा गोविन्द पहाडी, उपसचिवमा शिव पौडेल, उपसचिवमा विमल लामिछाने चयन भएका छन्। यस्तै, नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन्। आठौं जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो। निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरि गैरे एमालेको जिल्ला अध्यक्ष बनेका हुन्। जसको उपाध्यक्षमा कृष्ण खाँण, सचिवमा राजेन्द्र डुम्रे, उपसचिवमा विश्व पौडेल, उपसचिवमा तारा शर्मा निर्वाचित भएका छन्।

यस्तै, नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएकोनिर्वाचनको नतिजा बुधवार बिहान आएको हो। गुरुङले प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। गुरुङले ४५६ मत पाउँदा बैरागीले ४ सय ७ मत प्राप्त गरेका छन्। यसअघि जिल्लाको समितिमा गुरुङ उपाध्यक्ष र बैरागी सचिव रहेका थिए। यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेद्वार प्रभा कोइरालाले ४१३ मत प्राप्त गरेकी छन्।सचिवमा जिल्ला समन्वय समिति कास्कीका सभापति समेत रहेका युवा नेता बैनबहादुर क्षेत्री ४७५ मतसहित निर्वाचित भए। यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गरी विजयी हुन सफल रहेका कास्की एमाले निर्वाचन समितिले जनाएको छ। सचिवमा पराजित विष्णुबहादुर केसीले ३६४ तथा उपसचिवमा पराजित ईमान पौडेलले ३५५ र मनबुजा बिकले२३७ मत प्राप्त गरेका छन्। सहमति जुट्न नसकेपछि नयाँ कार्यसमिति चयनका लागि कास्कीमा गुरुङ र बैरागी पदाधिकारीको टिमसहित निर्वाचनमा होमिएका थिए।

कास्कीमा नेकपा एमालेका उपमहासचिव पृ्थ्वी सुब्बा गुरुङले मनबहादुर गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले दामोदर बैरागीलाई समर्थन गरेका थिए। यस्तै, नेकपा एमाले तनहुँको अधिवेशनबाट अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा,  सचिवमा राजेश्वर ढकाल, उपसचिवमा प्रदिप अधिकारी, खिम बहादुर कुँवर चयन भएक छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्