आज ३५ सय ५३ जना कोरोना संक्रमित थपिए, १ काे मृत्यु

covid_19
फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५ सय ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै बिहीबार सो संख्यामा संक्रमित थपिएको जनाएको हो।

कूल १५ हजार ८१ जनामा गरिएको परीक्षणको क्रममा पिसीआर विधिबाट २९२२ र एन्टीजेन विधिबाट ६३१ ज्ना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका थिए भने १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा १४ हजार ३४० जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्