‘भतभती पोल्छ’मा समलिङ्गी भूमिकामा पल शाह (भिडियोसहित)

लोकपाटी न्यूज

काठमाडौं। समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ।

यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको शब्द रहेको छ। दिप घतानीले संगीतवद्ध गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।

भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत् सार्वजनिक गरिएको हो।

कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन् भन्ने कुरा यो म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताएका छन्।

भिडियो लिंक:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्