एकैदिन भारतमा थप २ लाख ६४ हजारमा कोरोना

corona-vaccine-pic
लोकपाटी न्यूज

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यसमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या ५ हजार ७ सय ५३ संक्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयको अनुसार ३ सय १५ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।

कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख ९ हजार ३ सय ४५ रहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। संक्रमणको दर भने १४ दशमलव ७८ प्रतिशत रहेको छ।

भारतमा कोरोनाको संक्रमण तिव्र रुपमा भइरहेको छ। सरकारले यसको प्रभाव रोक्न खोप कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ। दिनमा ७३ लाख भन्दा धेरै मानिसलाई खोप लगाइरहेको र हालसम्म भारतका १ अरब ५५ करोड जनसंख्यालाई खोप लगाइएसकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्