चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडेपछि…

लोकपाटी न्यूज

काठमाडौं । यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो ।

भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर ३० फिटमाथिसम्म पुर्‍याएको देख्न सकिन्छ । प्रतियोगितामा मनोहरनसहित ६ जनाको एक टोलीले जुटको डोरीसहितको एउटा ठूलो चङ्गा उडाउने प्रयास गरेका थिए । चङ्गा आकाशमा विस्तारै उड्न थालेको थियो र मनोहरनले डोरी समातेर तलमाथि गरिरहेका थिए ।  सोही क्रममा चङ्गाको गति तीव्र बन्दा उनी डोरीसँगै ३० फिटमाथि पुगेका हुन् ।

उक्त दृश्य क्यामेरामा कैद गरिएको थियो । झण्डै १ मिनेट लगाएर मनोहरनलाई जमिनमा ओरालिएको थियो । चङ्गाको डोरी समातेर उडाउने क्रममा मनोहरनलाई चङ्गाले नै तानेको हो । झण्डै १२ मिटरमाथि चङ्गासँग आकाशमा उडेका उनलाई साथीहरूले निकै जोड गरेर जमिनमा तानेका थिए । आकाशबाट जमिनमा ओर्लने क्रममा उनलाई सामान्य चोटपटक मात्रै लागेको थियो । एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्