संखुवासभामा शंकास्पद वस्तु फेला, स्थानीयमा छायाे त्रास

लोकपाटी न्यूज

काठमाडाैं। संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइ नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

शंकास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ । उक्त शंकास्पद बस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भएपनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

चैनपुर–६ गढी डाँडामा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्